फेरि अग्रता बढाए सुहाङ नेम्वाङले

18.3k Shares

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा अग्रस्थानमा रहेका नेकपा (एमाले)का सुहाङ नेम्वाङले फेरि अग्रता बढाएका छन् । उनी १९ हजार ११४ मतसहित अगाडि छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्का ६ हजार ४३९ मतले पछाडि छन् । यसअघि उनी पाँच हजार ८५७ मतले पछाडि थिए । खड्काले १२ हजार ६७५ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ४१० मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का मिलन लिम्बूले ३ हजार २४२ मत पाएका छन् ।

सम्बन्धित समाचार