फिनल्यान्डको यो ऐतिहासिक जित

17.2k Shares

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलमा फिनल्यान्डले विजयी सुरुआत गरेको छ । शनिबार राति डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै फिनल्यान्डले सुखद सुरुआत गरेको हो ।

पार्केन स्टेडियममा भएको खेलमा फिनल्यान्डको जितमा जोएल पोहनपालोले निर्णायक गोल गरे । पहिलो हाफमा दुबै टोली गोलरहित बारबरीमा रोकिएका थिए । खेलको ५९ औं मिनेटमा गोल गरेका थिए ।


यता, खेलको ७४ औं मिनेटमा डेनमार्कका पिएरे इमिल पेनाल्टीमा गोल गर्न चुकेको थिए ।

युरोकपमा फिनल्यान्डको यो ऐतिहासिक जित हो । फिनल्यान्ड युरोकपमा पहिलो पटक सहभागिता जनाउँदै पहिलो जित निकाल्न सफल भएको हो ।
 
जितसँगै समूह बी को फिनल्यान्डले ३ अंक जोडेको छ । यता, डेनमार्कले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

सम्बन्धित समाचार