प्रलोभनमा गरिने धर्म परिवर्तन रोक्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको सर्कुलर

13.4k Shares

काठमाडौं । गृह मन्त्रालयले करकाप र प्रलोभनमार्फत् धर्मपरिवर्तन गर्ने कार्यलाई रोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई कडा निर्देशन दिएको छ। मन्त्रालयले जबरजस्ती धर्म परिवर्तन गराउने कार्य रोक्नका लागि निगरानीमा बढाउन निर्देशन दिएको हो।

विभिन्न जिल्लामा जबरजस्ती धर्म परिवर्तन गराउने गतिविधिहरू भइरहेको भन्दै मन्त्रालयमा उजुरी/गुनासो आएपछि त्यस कार्यमा कडाइ गर्न परिपत्र गरेको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘कसैलाई करकाप वा प्रलोभनमार्फत् कसैको धर्म परिवर्तन गरेमा वा धर्म परिवर्तन गर्न प्रोत्साहित गर्नुलाई सरकारी अधिकारीहरूले जबरजस्ती धर्म परिवर्तनको परिभाषाभित्र राखेका छन् । मन्त्रालयले गरेको परिपत्रमा गैरकानुनी धर्मप्रचार र धर्मपरिवर्तन गराउने कार्य भए÷नभएको निगरानी राखेर त्यसलाई रोक्नुपर्ने भनिएको छ।’

संविधान र कानुनमा भएका प्रावधानलाई राम्ररी पालना गराउन परिपत्र गरेको बताउँदै प्रवक्ता भट्टराईले भन्नुभयो– ‘प्रत्येक नागरिकलाई आफूले मान्दै आएको धर्मको अभ्यास गर्ने हक छ। आफूलाई राम्रो लागेको धर्म स्वस्र्र्फूत रूपमा मान्न पाइन्छ। तर, कुनै प्रलोभन दिएर वा त्रास देखाएर धर्म परिवर्तन गर्न पाउँदैन।’

कुनै क्षेत्रबाट उजुरी र गुनासो आएको जनाउँदै प्रवक्ता भट्टराईले त्यस्तो अरू ठाउँमा भएमा निगरानी राख्नु भनेर परिपत्र गरेको बताउनुभयो। परिपत्र कुनै ठाउँ वा क्षेत्र विशेषलाई लक्षित गरेर नगरेको पनि उहाँको भनाइ थियो। आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार