मनिषा स्टारर नेटफिल्क्स सिरिज ‘हीरामण्डी’को ट्रेलर सार्वजनिक

17.7k Shares

काठमाडौं । मनिषा कोइराला स्टारर ‘हीरामण्डी : द डायमण्ड बजार’को ट्रेलर सार्वजनिक भएको छ । सञ्जयलीला भन्सालीको बहुप्रतिक्षित वेबसिरिज पाकिस्तानको शाही इलाका हिरामण्डीमा आधारित रहेको बताइएको छ । 

वेबसिरिजको ट्रेलरमा प्रेम, शक्ति र स्वतन्त्रताबीचको संघर्ष देखाइएको छ । यो वेबसिरिजमा मनिषा कोइरालालाई मल्लिका जानको भूमिकामा देख्न सकिनेछ । 

सिरिजलाई भन्साली र मिताक्षरा कुमारले निर्देशन गरेका हुन् । वेबसिरिजमा मनिषासँगै सोनाक्षी सिन्हा, अदिति राव हैदरीलगायतको मुख्य भूमिका छ । 

सम्बन्धित समाचार