19.2k
Shares
काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत थप चार प्रहरी निरीक्षक (इन्स्पेक्टर) तानिएका छन् ।
६० किलो सुन तस्करी र भेपको सुन तस्करीमा कमजोरी देखिएपछि सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्य र दुई डीएसपी यसअघि नै तानिएका थिए । शुक्रबार थप चार इन्स्पेक्टर तानिएका हुन् ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्स्पेक्टर रन्जित लामा, सुरेश खत्री, कृष्ण श्रेष्ठ र वकिल सिंहलाई सीआईबीबाट हटाइएको हो । लामा र खत्रीलाई प्रहरी प्रधान कार्यालय र सिंह सशस्त्र प्रहरी गण नम्बर १ तथा इन्सपेक्टर कृष्ण श्रेष्ठलाई पहरा गणमा काज सरुवा गरिएको छ ।