19.2k
Shares
काठमाडौं । होली मनाउन सुरू भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक जाँचमा प्रहरीले कडाइ गरेको छ ।
काठमाडौं उपत्यकामा आज बिहानैदेखि होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकिङमा कडाइ गरेको हो ।
होली पर्वको अवसरमा मानिसहरु उच्छृङ्खल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने लगायत गतिविधि हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।
काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली र बग्गीखाना लगायत स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ ।