ललितपुर । इमाडोल रातामकै अवस्थित चिरपरिचित स्वाद द रियल टेस्ट फेमिली किचेनद्धरा होलीको अवसर पारी विशेष कार्यक्रम आयोजना गरिने भएको छ । विहान ११ बजेदेखि शुरु हुने उक्त कार्यक्रममा होलीको पर्वसँगै स्पेशल परिकारहरुसहित विशेष गायन कार्यक्रम राती ११ बजेसम्म आयोजना हुन लागेको हो । कार्यक्रममा ग्राहकको रोजाई अनुसार अनुभवी गायक तथा गायीकारुहले गीत लाइभ क्याराक्वेमा गाउनुहुने छ भने ग्राकहरुलाई खानाकाे परिकारहरूमा बिशेष छुटको पनि व्यवस्था गरिने रेष्टुरेन्टका संचालक जीवन थापाले जानकारी दिनुभयो ।
स्वाद फेमिली किचेनले हरेक अवसरमा ग्राहकरुलाई लक्षित गरी खानेकुराहरुमा विशेष छुट दिँदै आइरहेको छ । रेष्टुरेन्टले ग्राहकहरुलाई माैलिक खानासहित चाइनिज, इण्डियन, कन्टिनेन्टल परिकारहरु पस्किँदै आइरहेको साथै रेष्टुरेन्टमा नेपली खानामा ढिँढो, थकाली खाना, मार्सी चामलको भात तथा एमआरपी मूल्यमा हार्ड ड्रिङ्सको पनि व्यवस्था हुँदै आइरहेको छ ।
साथै ग्राहकहरूलाई थप सेवा प्रदान गर्ने हेतु जन्मदिन, एनिभर्सरी आदीकाे अवसरमा रेष्टुरेन्टले छुट्टै व्यवस्था पनि मिलाउँदै आइरहेको छ । २०० भन्दा बढी व्यक्तिहरु अटाउने उक्त रेष्टुरेन्टमा चर्चित गायक तथा गायिकाहरुद्धारा स्टेज फर्ममेन्स पनि दैनिक हुँदै आइरहेको छ ।
