नागरिकको राम्रो भविष्यका लागि स्वास्थ्य सेवालाई रुपान्तरण गर्न सरकार संवेदनशील छः उपप्रधानमन्त्री यादव

19.9k Shares

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नागरिकको राम्रो भविष्यका लागि स्वास्थ्य सेवालाई रुपान्तरण गर्दै लैजाने विषयमा सरकार संवेदनशील रहेको बताएका छन्। जेनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएशनको आयोजनामा शुक्रवारदेखि ललितपुरमा शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले सम्मेलनले निकाल्ने निष्कर्ष नेपाल सरकारका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गरे।

उनले सो संस्थाले सेवा प्रवाहको कामलाई अझ व्यवस्थित गर्दै लैजानुपर्ने आवश्यकता पनि औंल्याए। नेपालमा कोभिड, भूकम्पलगायत संकटका बेला इमर्जेन्सी मेडिसिन टोलीले नेपालमा खेलेको भूमिकाको प्रशंसा गर्दै उपप्रधानमन्त्री यादवले आउने दिन पनि सो कामलाई अझै व्यवस्थित ढंगले अघि बढाउने अपेक्षा नेपाल सरकारले गरेको बताए । उपप्रधानमन्त्री यादवले नेपालमा पर्याप्त मात्रामा स्वास्थ्य जनशक्ति नरहेको अवस्थामा स्वयंसेवी संस्थाहरूको भूमिका महत्वपूर्ण हुने गरेको स्मरण पनि गराए ।

सम्बन्धित समाचार