19.4k
Shares
काठमाडौं । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल 'पक्राउ परेका' छन् । दुई घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय मिडियाका अनुसार उनलाई मदिरा घोटाला पक्ररणमा इन्फोर्समेन्ट डायरेक्टोरेट (ईडी)ले पक्राउ गरेको हो । उनलाई ईडीले बिहीबार बिहान ११ बजे बोलाएको थियो । तर, उनी ईडीको प्रक्रियाविरुद्ध उच्च अदालत पुगेका थिए । उनले अदालतसमक्ष आफूलाई पक्राउ गर्नबाट रोक्न आग्रह गरेका थिए ।
तर, अदालतले उनलाई अहिलेको अवस्थामा कुनै आदेश दिन नसकिने जवाफ दिएको थियो । उनलाई भोलि नै अदालतमा पेस गरिनेछ ।