मधेस प्रदेशका भौतिक मन्त्रीलाई थप दुई मन्त्रालयको जिम्मेवारी

17.5k Shares

काठमाडौँ । एमालेका तर्फबाट मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त सरोज कुमार यादवलाई थप दुई मन्त्रालयको पनि जिम्मेवारी थपिएको छ । यादव सोमबार मात्रै मन्त्री नियुक्त भएका थिए । उनले मंगलबार नै प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका थिए ।

मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले मन्त्री यादवलाई गृह, संचार तथा कानुन मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी तोकेकी हुन् ।

m_w5PNcPFhP2.jpg

सम्बन्धित समाचार