प्रतिनिधि सभामा सांसद-प्रधानमन्त्री प्रश्नोत्तर हुँदै

22k Shares

काठमाडौं- प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद-प्रधानमन्त्री प्रश्नोत्तर हुने भएको छ। बैठकमा सांसदहरुले प्रश्न सोध्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची तय भएको छ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको भन्दै पटकपटक संसद्‌मा प्रधानमन्त्रीको जवाफ माग्दै आएको छ। कांग्रेसले प्रधानमन्त्री संसद्‌मै उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै आएको छ। 

सांसदहरुले आफूले सोध्ने प्रश्नहरु पहिले नै संसद् सचिवालयमा टिपाउनुपर्ने हुन्छ। संसद् सचिवालयबाट स्वीकृत प्रश्न मात्रै सांसदले प्रधानमन्त्रीलाई सोध्न पाउने व्यवस्था छ।

यसअघि प्रतिनिधिसभाको हिजोको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल भएको थियो। सांसदहरूले आगामी बजेट र कार्यक्रममा केवल आश्वासन नभई विद्यमान आर्थिक समस्या समाधानको ठोस योजना हुनुपर्नेमा जोड दिँदै आएका छन्। 

सम्बन्धित समाचार