20.3k
Shares
काठमाडौं- प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे बस्दैछ। सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज बस्ने बैठक विभिन्न कार्यसूची तय गरिएको छ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ।
यस्तै आर्थिक वर्ष २०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।