सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेन्डर तयार गरेर काम गर्नुपर्छ: सांसद किराती

16.8k Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किरातीले सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेन्डर तयार गरेर काम गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद किरातीले सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दीर्घकालीन प्रकारको रणनीति बनाउनुपर्ने बताए । उनले क्यालेन्डर नै तयार गरेर दुर्घटना न्यूनीकरणका लागि काम गर्नुपर्ने बताए । उनले हरेक दिन सवारी दुर्घटना हुँदा पनि सरकारले न्यूनीकरणका लागि ध्यान पुर्याउन नसकेको बताए । 

सम्बन्धित समाचार