नेपालद्वारा चाइनिज ताइपेयी २—० ले पराजित

19.6k Shares

काठमाडौं । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले चाइनिज ताइपेयीलाई २—० गोलले पराजित गरेको छ ।
पहिलो हाफमा १—० गोलले अग्रता लिइरहेको नेपालले दोस्रो हाफमा पनि एक गोल गरी २—० गोल गर्न सफल बनेको थियो । कुवेतको राजधानी कुवेत सिटीमा भइरहेको खेलमा नेपालले खेलको चौथो मिनेटमा अग्रता लिएको थियो भने दोस्रो हाफका ८९ औं मिनेटमा अर्को गोल गर्न सफल बनेको थिजयो ।  
नेपालका लागि खेलको चौथो मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गरेका थिए भने ८९ औं मिनेटमा नवयुग श्रेष्ठले गोलगरेका थिए ।  
यो खेलमा नेपाल जित निकाल्दै एसिया कपका लागि आफूलाई बलियो टिमको रुपमा परिचय दिन समेत सफल बनेको छ । नेपालको विश्वकप छनोटको अघिल्लो चरणको सम्भावना भने कम भइसकेको छ ।

 

सम्बन्धित समाचार