उपत्यकामा फेरि बढ्यो कोरोना संक्रमण

15k Shares

काठमाडौं, २० जेठ । केही दिनयता घटेको काठमाडौं उपत्यकामा कोरोना संक्रमण आज (बिहीबार) फेरि ह्वात्तै बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा कुल २ हजार ५७ जना संक्रमित भेटिएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १,६३०, भक्तपुरमा १२९ र ललितपुरमा २९८ जना संक्रमित थपिएका छन् ।

यता नेपालभर पछिल्लो २४ घण्टामा ६,८२५ जना संक्रमित थपिएका छन् । त्यस्तै ५,९०४ जना निको हुँदा ७५ जनाको मृत्यु भएको छ ।
नेपालमा निको हुने दर ८१ प्रतिशत छ । उक्त अवधिमा कुल २१ हजार ७७३ जनामा पीसीआर र एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा संक्रमण केहि कम भएको निष्कर्षसहित निषेधाज्ञालाई केहि खुकुलो गरिएको थियो ।

सम्बन्धित समाचार