बार्सिलोना गोलरहित बराबरी खेल्न बाध्य

17.8k Shares

काठमाडौँ । एथ्लेटिक बिल्बाओसँग बराबरीमा रोकिएपछि बार्सिलोनाले रियल मड्रिड र जिरोनाले अङ्क गुमाएको फाइदा उठाउन असफल भएको छ । आइतबार भएको ला लिगा अन्तरगतको खेलमा बार्सिलोना गोलरहित बराबरी खेल्न बाध्य बनेको हो ।

जोआ क्यानसेलो बार्साका लागि गोल नजिक पुगे पनि उनले ४० यार्ड टाढाबाट गरेको प्रहार यरे अल्भारेजले गोल लाइनबाट बचाएका थिए । उता दोस्रो स्थानमा रहेको जिरोना मायोर्कासँग पराजित हुँदा बार्सालाई एक स्थानमा माथि उक्लने अवसर थियो ।

तर, बराबरीमा रोकिएपछि टोली २७ खेलबाट ५८ अङ्कसहित लिगको तेस्रो स्थानमा सीमित छ । बार्सा शीर्ष स्थानमा रहेको रियलभन्दा ८ अङ्कले पछि छ । 

सम्बन्धित समाचार