संसदको महासचिव नै दुईपटक जन्मिएछन्

17.8k Shares

काठमाडौं । नेपाल त्यस्तो मुलुकका रुपमा बदनाम बनाइएको छ जहाँ जे पनि हुन्छ । चाल्र्स शोभराजले एयरपोर्टबाट हात्ति पनि छिराउन सकिने त्यसै भनेका होइनन् । विगतमा एयरपोर्टबाट गाडीमै हालेर सुन तस्कर गरिएको थियो । राज्यको जिम्मेवार निकायमा रहेकाहरु नै किर्ते प्रकरणमा संलग्न भएपछि हुने यस्तै हो । त्यस्तै भएको छ संसदका महासचिवबाट । तपाईंलाई एउटा व्यक्ति कतिपटक जन्मन्छ ? एक या धेरैपटक ? भनी सोध्यो भने एकैपटक भनिन्छ । तर, नेपाललाई त्यस्तो देश बनाइएको छ जहाँ एउटै व्यक्ति केही वर्षको फरकमा पटक पटक जन्मन्छ । नेपालमा प्रभावशाली व्यक्तिहरु पटक पटक जन्मन्छन् । त्यो पनि किर्ते कागजातबाट । 
देशको संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेय ६ वर्षको फरकमा दुईपटक जन्मिएका छन् । उनको दुईपटक जन्मिएको किर्ते कागजात फेला परेको छ । पाल्पामा उनी पहिलोपटक १५ असोज २०२६ सालमा जन्मिए र दोस्रोपटक २६ पुस २०३२ मा जन्मिए । उनको दुई फरक मितिको नागरिकताले दुईपटक जन्मिएको देखाउँछ जुन सम्भव हुँदैन । रोचक त यो छ कि दुईपटक जन्मिएको नागरिकता बनाएका पाण्डेयको बचाऊमा नेकपा एमाले नै लागेको छ । संसदमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले नै उनको बचाऊ गरे । 
पाण्डेय मात्र होइन नेपाली सेनाका कतिपय पूर्व अधिकारीहरुको पनि दोहोरो नागरिकता फेला प¥यो । ताराध्वज पाण्डेयले यस मामलामा परेर राजीनामा नै दिए । कतिपयले हतार हतार राजीनामा दिए । किर्ते नागरिकता बनाएर उमेर घटाउने प्रवृत्ति देशमा अझै चलिआएको छ । त्यसको संरक्षण राज्यको शक्तिशाली निकायमा रहेकाहरु नै लाग्छन् । 

सम्बन्धित समाचार