रवि लामिछानेको मिसन

21.3k Shares

काठमाडौं । एउटा व्यक्ति रातारात अमेरिका छाडेर बुद्ध नेपालमा जन्मिएको भन्दै त्यसै टेलिभिजनमा कुर्लिएका थिएनन् । बुद्ध नेपालमा जन्मिएको सत्यलाई टेलिभिजनमा फलाक्नुपर्ने थिएन । उनले नेपालीहरुको सेन्टिमेन्टमा बेस्सरी खेले । उनी हुन् रवि लामिछाने । उनले २०७९ को चुनावको छ महिना अघि पार्टी खोलेर ठूलो सफलता हासिल गरे । त्यसका पछाडि धेरै कारणहरु पनि छन् । मुख्य दलहरुप्रति जनतामा वितृष्णा र लामिछानेका पछाडि रहेको अदृश्य शक्तिहरु । समय बित्दै जाँदा लामिछानेको दलमा जो जो छिरे र ज जस्ले जे जे भूमिका खेलिरहेका छन् त्यसले गम्भीर विषयहरु देखाइरहेको छ । 
त्यसो त रवि लामिछानेले दल खोल्दा झण्डा र चुनाव चिन्हमा धेरैको चासो थियो । उनको दलको झण्डाको रङ्ग र तारा यूरोपियन युनीयनको झण्डासँग मिल्दोजुल्दो छ । लामिछानेको दलभित्र जे जस्ता एजेन्डा बाहिर आउन थालेको छ त्यो ठ्याक्क पश्चिमा मिसनसँग मिल्दोजुल्दो छ । लामिछानेको दलभित्रबाट धर्मनीरपेक्ष र हिन्दुवादी विरोधी एजेन्डा सार्वजनिक भइसकेको छ । स्वर्णिम वाग्लेले रास्वपामा हिन्दुवादी नअटाउने भनिसकेका छन् । 
लामिछानेको दलकी सांसद सुमना श्रेष्ठले बालबालिकाले स्वस्थानी ब्रतकथा पढेको तस्बीर राखेर विरोध गरेकी छिन् । उनले शैक्षिक क्षेत्रमा जे जस्ता एजेन्डा उठाइरहेकी छिन् त्यो पश्चिमा मिसनसँग मेल खान्छ । उनी लामो समय पश्चिमाहरुसँग जोडिएर काम गर्दै आएकी हुन् । रास्वपा सांसद सोभिता गौतम समलिङ्गि विवाह दर्ताको सुनिश्चितताका लागि लबिङमा लागेकी छिन् । अमेरिकी राजदूतले खुलेरै यस्तो कदमको समर्थन गर्दै आएका छन् । पछिल्लो समय लामिछानेसँग अमेरिकी र यूरोपेली अधिकारीहरुले भेटघाट गर्दै आएका छन् । यूरोपेली युनीयनकी राजदूतले हालैमात्र भेटेकी छिन् । लामिछानेको मिसन र पश्चिमाहरुको मिसन मिल्दोजुल्दो छ । यसलाई अर्थपूर्ण मानिएको छ । 

सम्बन्धित समाचार