सर्वाेत्तम सिमेन्टको आईपीओ खरिदमा चार लाखभन्दा बढीको आवेदन

14.4k Shares

काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडको आईपीओमा आवेदन खुलेको दुई दिनमै चार लाख सात हजार ७११ जनाले आवेदन दिएका छन् । 

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार आइतबारबाट खुलेको आईपीओमा सोमबार साँझ पाँच बजेर सात मिनेट जाँदासम्म यो आवेदन परेको हो ।

कम्पनीले आवेदन खुलाएको सेयरभन्दा आठ गुणा आवेदन परेको सीडीएससीको तथ्यांकमा छ । कम्पनीको आईपीओ भर्नका लागि कम्तीमा १८ हजार ४५ रुपैयाँ रकम आवश्यक पर्छ । यो कम्पनीले बुक बिल्डिङ विधिबाट पहिलोपटक आईपीओ निष्कासन गरेको हो । यो विधिअनुसार न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्छ । प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा पर्ने यो कम्पनीको आईपीओमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

सम्बन्धित समाचार