गण्डकी प्रदेशका सभामुख धिताल नेतृत्वको टोली जनकपुरधामको भ्रमणमा

14k Shares

जनकपुरधाम– प्रदेशसभामा हुने संसदीय अभ्यास, व्यवस्थापन र अनुभव आदानप्रदान गर्ने उद्देश्यले  आएको छ । आ–आफ्नो प्रदेशले गरिरहेका संसदीय असल अभ्यास र व्यवस्थापनका बारेमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले सभामुख धिताल नेतृत्वको १६ सदस्यीय टोली शुक्रबार जनकपुरधामको भ्रमणमा आएको हो ।

मधेस प्रदेशसभा सचिवालयका सचिव मनोजकुमार गिरीका अनुसार उक्त टोलीलाई मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, उपसभामुख बबिताकुमारी राउत ईशरलगायतले स्वागत गरेका थिए ।

टोलीमा गण्डकी प्रदेशका उपसभामुख विनाकुमारी थापासमेत रहेकी छिन् । उनीहरूबीच आ–आफ्नो प्रदेशले गरिरहेका अभ्यासबारे जानकारी आदनप्रदान भएको थियो ।

त्यसअवसरमा मधेस प्रदेशका सभामुख मण्डलले प्रदेशसभाको संसदीय अभ्यासलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सातै प्रदेशसभाबीच समन्वय तथा सहकार्य जरुरी रहेको धारणा राखे ।

उनले प्रदेशसभा तथा सङ्घीय संसदले संविधानले परिकल्पना गरेअनुरूप सहकारिता, समन्वय र सहअस्थित्वको भावनासहित एकअर्कालाई सहगोग गर्नुपर्ने आवश्यकतासमेत औँल्याए ।

‘लामो आन्दोलन र सङ्घर्षको बलमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हरेक क्षेत्र र व्यक्तिलाई आफ्नो अस्तित्व तथा पहिचानका लागि छुट्टाछुट्टै रुपमा सोच्नुपर्ने अवस्था बनाए पनि एकअर्काको मर्म बुझ्न नसकेमा समस्या उत्पन्न हुन्छ । त्यसैकारण जनताको सुख र समृद्धिको लक्ष्यप्राप्त गर्न सबै प्रदेश र सबै तहका सरकार मिलेर जानुको विकप छैन । यस्ता भ्रमणले सो भावनामा बल पु¥याउने काम गर्छन्’, सभामुख मण्डलले भने ।

त्यस्तै, गण्डकी प्रदेशका सभामुख धितालले नेपालका लागि प्रदेशसभा र प्रदेशगत संसदीय अभ्यास नयाँ भएकाले आ–आफ्ना प्रदेशमा हुने असल अभ्यासबारे सिक्ने र सिकाउने उद्देश्यसहित आफूले अन्तरप्रदेशसभा संसदीय भ्रमणलाई अभियानका रूपमा लिएको बताए ।

प्रदेशसभालाई व्यवस्थित, परिणाममुखी र प्रभावकारी बनाउन अन्तरप्रदेश अनुभवले महत्वपूर्ण सिकाइको काम गर्ने उनको भनाइ थियो । उनले मधेस प्रदेशका सभामुखलगायतको टोलीलाई गण्डकी प्रदेशसभा भ्रमणका लागि निम्तासमेत दिए ।

सम्बन्धित समाचार