नेपालमा लसुनको भाउ बढ्यो

17.1k Shares

काठमाडौँ । नेपालमा लसुनको भाउ बढेको छ । एक महिनाको तुलनामा ८३.७८ प्रतिशतले मूल्य वृद्धि भएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत महिना प्रतिकेजी सुकेको चाइनिज लसुनको मूल्य १८५ रुपैयाँ थियो । हाल सो लसुनको मूल्य प्रतिकेजी ३४० रुपैयाँ थोक मूल्य पुगेको छ ।

नेपालमा हाल नयाँ लसुन नआएकाले लसुनको मूल्यमा वृद्धि भएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।हाल बजारमा आपूर्ति हुने लसुन अधिकांश चीनको लसुन रहेको उनको भनाई छ । नेपाली लसुन केही भेटिए पनि बिग्रिएको हुने उनले बताए । 

सम्बन्धित समाचार