16.1k
Shares
काठमाडौं- नेपाल ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीच आइतबार प्रतिस्पर्धा हुँदैछ। तीन खेलको एक दिवसीय अभ्यास खेल अन्तर्गत आज नेपाल ए र क्यानडा-११ बीच पहिलो खेल हुन लागेको हो।
खेल आज बिहान साढे ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुँदैछ। नेपाल एको कप्तान विनोद भण्डारी रहेका छन्। प्रधानमन्त्री कप, यू-१९ विश्वकप र नेपालको सिनियर टोलीमा नपरेका खेलाडीहरु नेपाल एमा समेटिएका छन्।
यूएईमा दुई सातापछि हुने आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्न जानुअघि क्यानडाले नेपालमा अभ्यास गरेको हो। नेपालसँग यसै साता तीन ओडीआई खेलमा क्यानडा पराजित भएको थियो।