विश्वकप लिग-२ : आज नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै

18.9k Shares

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग- २ (२०२३-२०२७) सिरिज अन्तर्गत आज नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपाल पहिलो जितको खोजीमा हुनेछ। विश्वकप खेलेर आएको नेदरल्याण्ड्ससमेत उच्च मनोबलका साथ मैदानमा हुनेछ। नेपालले भने घरेलु मैदानको फाइदा लिनसक्छ। यो खेल शनिबार बिहान ९ बजेर १५ मिनेटमा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुँदैछ।

सन् २०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत काठमाडौँमा सिरिज सुरु भएको हो।

क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल र देवलाई क्यानले लिग- २ खेल्ने टिममा समावेश गरेको छ।

सम्बन्धित समाचार