वैदेशिक रोजगार बोर्डको अनलाइनमा समस्या

17.4k Shares

काठमाडौँ । वैदेशिक रोजगार बोर्डको अनलाइनमा समस्या आएको छ । बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अंगभंग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्रयोग हुने सफ्टवेयरमा समस्या आएको हो । 

बोर्ड सचिवालयको सफ्टवेयरको सर्भरमा केहि दिनदेखि समस्या आएको छ । सफ्टवेयरमा समस्या आएपछि सेवाग्राही मर्कामा परेका छन् । उक्त सर्भरको मर्मतको काम भइरहेकोले पुनः सुचारु गर्न अझै केही दिन समय लाग्ने बोर्डले जनाएको छ ।

बोर्डका प्रवक्ता टिकाराम ढकालले सफ्टवेयरमा समस्या आउँदा सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता वितरणमा केही दिन अवरुद्ध हुने बताए । इमेलमार्फत वा भौतिक रुपमा उपस्थित भएर निवेदन भने दिन सकिने उनको भनाइ छ ।   

65cb094404bbd_सुचना-2080-11-01-(1)_mDaSQl7i46.webp

 

 

सम्बन्धित समाचार