18.7k
Shares
काठमाडौं- सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसका सहप्रधाध्यापक विष्णुप्रसाद भण्डारी ७ लाख रुपैयाँ धरौटीमा छुटेका छन्। उनलाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्ने आदेश गरेको हो।
पोखराको मालेपाटन घरभएका सहप्राध्यापक भण्डारीलाई प्रहरीले मित्रमिलन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा मंगलबार पक्राउ गरेको थियो।
पक्राउ परेका भण्डारीलाई मंगलबार नै जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो। यो सहकारीको मुद्दा यसअघि नै अदालत गइसकेकाले मंगलबार नै थुनछेक बसहपछि अदालतलाई सहप्राध्यापक भण्डारी धरौटीमा रिहा गर्ने फैसला गरेको हो।