काठमाडौंँ । गण्डकी प्रदेश स्थापनाको ६ वर्ष पुरा भएको छ। संसद् स्थापनाको अवसरमा आयोजित कार्यक्रममा सुस्ता र बर्दघाट पूर्वको भूमि गण्डकीले पाउनुपर्न माग राखिएको छ । विपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले सुस्ता र बर्दघाट पूर्वको सबै जमिन गण्डकीको भएकोले फिर्ता लिनुपर्ने बताए ।
‘सुस्ता गण्डकीको हो । कि संविधान संशोधन हुनुपर्यो, संविधानअनुसार सुस्ता र बर्दघाट हाम्रो हो,’ उनले भने, ‘सहजै पाइएन भने लड्न तयार छौँ, संसदबाट सङ्कल्प प्रस्ताव पास गरेर भए पनि हाम्रो भूमि ल्याउँछौँ ।’ भूमि फिर्ता लिन प्रदेश सरकार तयार रहनुपर्ने हुने बताए । यसअघि अधिकारी सरकारको पालामा समेत प्रदेश विकास समस्या समाधान समितिको बैठकमा सुस्ता गाउँपालिका गण्डकीमा पर्ने भन्दै फिर्ता गर्न माग राखिएको छ ।