काठमाडौं । एनआईसी एशिया बैंकले कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी बुबालाई उपहार किन्दा ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ ।
बैंकले कुशे औंसीका दिन विभिन्न सामग्री खरिद गर्न देशका विभिन्न १४ वटा मर्चेन्टहरूसँग समझदारी गरी ३० प्रतिशतसम्म छुट योजना ल्याएको जनाएको छ । ग्राहकले उक्त विशेष दिनमा सामग्री खरिद गरी बैंकको मोबाइल बैंकिङ र कार्ड (डेबिट तथा क्रेडिट) बाट कारोबार रकम भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्ने जनाइएको छ ।
बैंकसँग सो अवधिमा आबद्ध भएका विभिन्न १४ वटा मर्चेन्टमार्फत विभिन्न इलेक्ट्रोनिक सामग्रीहरू, कपडा, केक, मिठाईलगायत सामग्रीहरू उक्त छुटमा खरिद गर्न सक्नेछन् । यस बैंकका मोबाइल बैंकिङ र कार्ड (डेबिट तथा क्रेडिट) प्रयोगकर्ता महानुभावहरूले सीजी डिजिटल, एलजी लाइफस्टाइल सप्पी, होटल ¥याडिसन, त्रिवेणी ग्रुप, ८ डिग्री, केटीएम सिटी, कृष्ण पाउरोटीलगायत मर्चेन्टबाट सामग्री खरिद गर्दा लागत मूल्यको ३० प्रतिशतसम्म छुट उपलब्ध गराउने गरी बैंकले समझदारी गरेको जनाएको छ ।
बैंकले आफ्ना मोबाइल बैंकिङ वा कार्ड (डेबिटरक्रेडिट) प्रयोगकर्तालाई देशभरका २,५०० वटाभन्दा बढी अस्पताल, होटेल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको जनाएको छ ।