कांग्रेस दलको बैठकमा विनोद चौधरीले भने– अरुणलाई पक्रेर सरकारले प्रतिशोध साँध्यो

17k Shares

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकमा व्यवसायी अरुण चौधरी पक्राउबारे छलफल भएको छ । बैठकमा सभापति समेत रहेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेकोबारे सांसद विनोद चौधरीलाई प्रस्ट पार्न समय दिएका थिए ।चौधरी उही हुन् जसलाई बिहीबार उक्त जग्गा किर्ते गरेर चौधरी ग्रुपका नाममा ल्याएको भन्दै प्रहरीले पक्राउ गरेका अरुण चौधरीका दाजु । उक्त प्रकरणमा अरुण चौधरीसहित अजित नारायणसिंह थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो ।

बैठकमा बोल्दै सांसद चौधरीले उक्त जग्गा वैधानिक ढङ्गले नै आफ्नो प्रतिष्ठानले लिएको भन्दै सरकारले प्रतिशोध साँधेर अरुण चौधरीलाई पक्राउ गरेको भन्दै बचाउ गरेका थिए ।‘सरकारले प्रतिशोध साँधेर व्यवसायी अरुण चौधरीलाई पक्राउ गर्‍यो । त्यो जग्गा वैधानिक हिसाबले नै हामीले लिएका हौ’, चौधरीको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘यसरी प्रतिशोध साँधेर सरकारले व्यवसायीलाई धरपकड गर्नु न्यायोचित होइन ।’

कांग्रेस नेता रमेश लेखकले विनोद चौधरीले आफ्ना कुराहरू राखे पनि त्यसबारे दलको बैठकले कुनै निर्णय गरिनसकेको बताए ।

 
सम्बन्धित समाचार