काठमाडौँमा वर्षकै सबैभन्दा चिसो दिन

17.3k Shares

काठमाडौँ-  काठमाडौँ उपत्यकामा शनिबार यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ।उपत्यकामा शनिबार यस वर्षकै सबैभन्दा कम २ दशमलव ५ डिग्री तापक्रम मापन गरिएको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ।

बिहान ८ बजेर ४५ मिनेटमा २ दशमलव ५ डिग्री तापक्रम मापन गरिएको हो।यस वर्ष हिउँदे वर्षा नभए पनि लगातार चिसो बढिरहेको छ।दुई दिनअघि चिसो तीन डिग्री मापन भएको थियो।पहाडी र हिमाली भेगसँगै तराईमा पनि तापक्रम निरन्तर घटिरहेको मौसम विभागले जानकारी दिएको छ।

सम्बन्धित समाचार