ललितपुर । १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता २०८० सम्पन्न भएको छ । आज आइतबार सातदोबाटो कराते एकेडेमीमा एक कार्यक्रमकाबिच उक्त कार्यक्रम सम्पन्न भएको हो ।
बागमती प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश सभा कार्य समितिका सभापति माननीय इन्द्र बहादुर बानियाँकाे प्रमुख आतिथ्यता रहेकाे उक्त कार्यक्रममा विशेष अतिथीमा नेपाली कांग्रेसका जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठ लगायत बागमती प्रदेश सभा सदस्य तथा राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताका परिकल्पनाकार मीनकृष्ण महर्जन उपस्थित हुनुहुन्थ्याे ।
अरू अतिथीहरूमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, जिल्ला सम्न्वय समितिका अध्यक्ष ऋषिदेव फुयाँल, बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लाेप्चन, उपमेयर मुना अधिकारी लगायत अन्य विभिन्न निकायका प्रतिनिधीहरू कार्यत्रममा सहभागी हुनुहुन्थ्याे ।
कार्यत्रममा आगन्तुक अतिथीहरूले आ-आफ्नाे मन्तव्य राख्नुहुँदै ललितपुरमा यस किसिमकाे कार्यक्रमले खेलाडीहरूमा थप उर्जा थपिँदै जाने र कार्यत्रमले समाजमा लुकेका प्रतिभाहरूकाे पहिचानमा थप बल पुग्ने कुरामा धारणा व्यक्त गर्नुभएकाे थियाे । तीन दिनसम्म आयाेजना भएकाे उक्त कार्यत्रमकाे अध्यक्षता ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनाेद महजर्ननले गर्नुभएकाे थियाे ।
कार्यक्रममा खेल संयाेजकहरूलाइ प्रमुख अतिथीका हातबाट खेल सामाग्री लगायत प्रमाणपत्रहरू हस्तान्तरणा गरिएकाे थियाे भने उत्कृष्ट सहभागी खेलाडीहरूलाइ बिशेष अतिथी तथा अतिथीहरूले शिल्ड, ब्याच लगायत प्रमाणपत्र प्रदान गर्नुभएकाे थियाे ।
साथै कार्यक्रमलाई सफल तुल्याउनमा साथ दिएका ललितपुर महानगरपालिका, गाेदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, वागतमी नगरपालिका, महाकाल नगरपालिकालाई बिशेष धन्यवाद् सहित प्रमाणपत्र प्रदान गरिएकाे थियाे । कार्यक्रम विहान १० बजे शुरू भएर २ बजे सम्पन्न गरिएकाे थियाे ।










