१६ औँ आवधिक योजना उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुन्छ : उपाध्यक्ष श्रेष्ठ

17.4k Shares

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्वोसले भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग कन्ट्री डाइरेक्टर हदादले भेटवार्ता गरेका हुन् । भेटवार्तामा विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्क (सिपिएफ) र नेपालको १६औँ विकास योजनाबिच कसरी तादम्यता मिलाउने भन्ने विषयमा छलफल भएको छ ।

आयोगका उपाध्यक्ष श्रेष्ठले अब बन्ने १६औँ योजना पूर्वाधार, सामाजिक क्षेत्र लगायत खासगरी उत्पादन र रोजगारीमा केन्द्रित हुने बताए । उपाध्यक्ष श्रेष्ठले विकास लागि भएका संरचनात्मक समस्याहरु पहिचान गरी समाधान गर्न १६औँ योजनाले विशेष ध्यान दिने बताए । विश्व बैंक लगायतका विकास साझेदारहरुले नेपाललाई गरेको सहयोगका लागि उपाध्यक्ष श्रेष्ठले धन्यवाद समेत दिए ।  

सम्बन्धित समाचार