सदस्य सचिवको भ्रष्टाचारजन्य गतिविधिका कारण खेलाडीहरुको मनोबल गिर्दै

21.6k Shares

काठमाडौं । खेलकुद क्षेत्रको विकास र खेलाडीको मनोबल बढाउने उद्देश्य बोकेको बागमति प्रदेश खेलकुद बिकास सदस्य सचिवका कारण खेलकुद क्षेत्र भ्रष्टाचारमय बनेको छ ।
सदस्य सचिव सूर्यलाल भण्डारीले खेलाडीको मनोबल बढाई खेलकुद क्षेत्रबाट नेपाललाई संसारभर चिनाउने काम गर्नुको साटो उल्टो खेलाडीहरुको मनोबल गिराउने र विभिन्न प्रतियोगिताको नामबाट भ्रष्टाचार गर्दै आइरहेको खुलासा भएको छ ।
सदस्य सचिव भण्डारीले २०७९ साल मंसिरतिर भएको नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशबाट सहभागी भई स्वर्णपदक जित्ने खेलाडीहरुलाई दशौं राष्ट्रिय खेलकुद नभएसम्म ६ हजारका दरले मासिक भत्ता दिने भनी पत्रकार सम्मेलनै गरी सार्वजनिक गरेका थिए । तर, भ्रष्ट आचरण भएका सदस्य सचिव भण्डारीले एक वर्ष वितिसक्दा पनि उनैले उद्घोष गरेको भत्ता अहिलेसम्म स्वर्ण पदक जित्ने खेलाडीहरुले हालसम्म पनि नपाएको खोजतलाससँग ती खेलाडीहरुले गुनासो पोखेका छन् ।

sadasya sachip 1doko.jpg
यस्तै सदस्य सचिव भण्डारीले दोस्रो बागमती प्रदेशस्तरीय खेल संचालनमा १२ वटा खेल सहभागी गराई ५ करोड रुपैयाँमा सम्पन्न गरेका थिए । तर, पहिलो संस्करण गर्दा सदस्य सचिवले ८ वटा खेलमात्र सहभागी गराई आफ्नो सरकारको पहुँचकै भरमा ८ करोड रुपैयाँ निकासा गरी तीन करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको प्रष्ट रुपमा देख्ने र बुझ्न सकिने खेलकुद जगतका हस्तीहरुको भनाई रहेको छ ।
१२ वटा खेल सहभागी गराउँदा ५ करोडमा गर्न सकिने, तर ८ वटा मात्र खेल सहभागी गराउँदा ८ करोड रुपैयाँ कसरी खर्च भयो ? यति ठूलो भ्रष्टाचार गर्दा पनि सम्बन्धित निकायले सदस्य सचिवलाई किन प्रश्न उठाएको छैन ? खेलाडीहरु निरास हुँदै सदस्य सचिव आफैले पत्रकार सम्मेलनै गरी उद्घोष गरेको रकम अहिलेसम्म नदिने यस्ता भ्रष्ट सदस्यसचिवबाट हामीहरुले के भरोसा गर्ने ? आफ्नो खेलकुद क्षेत्रको भविष्य के होला ? भन्दै निरास बन्दै गएको खेलाडीहरुले खोजतलाससँग गुनासो पोखेका छन् ।
त्यस्तै, नवौं राष्ट्रिय खेलकुदमा आफ्नो प्रदेशबाट पदक जित्ने खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गर्ने भनी निर्णय नै गरेका सदस्य सचिव भण्डारीले अहिलेसम्म पनि ती खेलाडीहरुको मनोबल बढाउने उद्देश्यका साथ घोषणा गरेको नगद र सम्मान त के खलाडीहरुलाई सम्झने सम्मको काम पनि नगरेकाका कारण खेलाडीहरुको मनोबल गिर्ने काम भइरहेको खेलाडीहरुले गुनासो पोखेका छन् ।
खेलाडीहरुको मनोबल बढाउने काम गर्नुपर्ने सदस्य सचिवले खेलाडीहरुको मनोबल गिर्ने काम गर्दै आइरहेको सर्वत्र खेल क्षेत्रमा चर्चा भइरहँदा अन्तर प्रदेश राष्ट्रिय प्रतियेगिता संचालन गर्न भनी पहुँचकै भरमा २५ करोड रुपैयाँ बागमती प्रदेश सरकारबाट निकासासमेत गरिसकेका छन् ।
एक वर्ष अगाडि वृहत बागमती प्रदेश खेलकुद महोत्सव संचालन गर्दा टन्टलापूर घाममा पालभित्र गेम संचालन गरी ठूलो आर्थिक अनियमितता गरेको पनि सदस्यसचिव भण्डारीमाथि खेलाडीहरुको आरोप छ । सदस्य सचिव भण्डारी बागमती प्रदेश खेलकुद विकास परिषद् हेटौंडाको अधिकांश सरकारी गाडी दुरुपयोग गर्दै काठमाडौंमा मात्र सिमित भएर बस्ने गरेको पनि उनीमाथि आरोप लाग्ने गरेको छ । भण्डारीले राज्यको ढुकुटी सिध्याउने कार्य गर्दै आई रहेको र खेलाडीहरुको मनोबल बढाउने र भविष्यको बारेमा कुनै चासो नराखेको सदस्य सचिव भण्डारीमाथि आरोप लाग्ने गरेको छ । भण्डारी महिनै पिच्छे बिदेश सफर गर्ने व्यक्तिको रुपमा पनि परिचित रहेको र खेलाडीहरुको बारेमा कुनै चासो नराख्ने सदस्य सचिवको रुपमा परिचित रहेको खेलाडीहरुले खोजतलाससँग गुनासो पोखेका छन् ।

सम्बन्धित समाचार