कारागारमा रहेका थुनुवाहरूको निःशुल्क स्वास्थ्य परीक्षण

16.5k Shares

काठमाडौं । कारागार कार्यालय खलंगा प्युठानमा रहेका थुनुवाहरूका लागि एक दिने निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सो कार्यक्रम सम्पन्न भएको हो ।   

जिल्ला प्रशासन कार्यालय प्युठान र जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा अनुरोधमा प्यूठान अस्पताल बिजुवार प्युठानको प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा महिला ८ जना र पुरूष ८५ जना गरी जम्मा ९३ जना थुनुवाहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापा लगायत प्युठान अस्पतालका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

 
 

  

 
सम्बन्धित समाचार