रवि लामिछानेले लोकतन्त्रमा राज्यको छाडा प्रवृत्ति स्वीकार गर्न नसकिने बताए

16k Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रमा राज्यको छाडा प्रवृत्ति स्वीकार गर्न नसकिने बताएका छन् । शुक्रवार सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट एक युवाको ज्यान गएको विषयमा आफ्नो भनाई सार्वजनिक गर्दै लामिछानेले विरोध व्यवस्थापन गर्न नसक्ने र आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जबाफदेही बनाउनुपर्ने बताएका छन् ।  

ललितपुरको बालकुमारीमा युवाहरूले गरेको प्रदर्शनमा प्रशासनले अत्यधिक बल प्रयोग गर्दा दुई युवाले ज्यान गुमाएको घटना नसेलाउँदै हिजो सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा राज्यकै गोली खाई एक युवकको ज्यान गएको लामिछानेले उल्लेख गरेका छन् ।  उनले भनेका छन्– ‘लोकतन्त्रमा राज्यको यो खालको छाडा प्रवृत्ति स्वीकार गर्न सकिँदैन ।

विरोध व्यवस्थापन गर्न नसक्ने र आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जबाफदेही बनाउनै पर्छ । यस दुःखद घटनाका पीडितलाई क्षतिपूर्ति दिन, दोषीलाई तुरुन्त कारबाही गर्न र यो घटनासँग सम्बन्धित तलदेखि माथि सम्मका सबैलाई जबाफदेही बनाउन नेपाल सरकारसँग जोडदार माग गर्दछु ।’

सम्बन्धित समाचार