काठमाडौंको लागि प्रशिक्षक सिफारिस

23.3k Shares

काठमाडौं । काठमाडौं महानगरपालिका, शिक्षा विभागले प्रशिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार प्रशिक्षकमा अनुपमा शर्मा सिफारिस भएकी छिन् ।बागमती प्रदेश सरकारबाट पारित भएको विस्तारित तालिम केन्द्र काठमाडौंको लागि (साविकको शैक्षिक तालिम केन्द्र) एक जना प्रशिक्षक पदको लागि २८ मंसिरमा आवेदन माग गरिएको थियो ।

माग भए बमोजिम आवेदन दिएका सात जना उम्मेदवारको शैक्षिक योग्यता, कार्यरत अनुभव, भौगोलिकताको अंक र सनिबार महानगरको शिक्षा विभागमा लिइएको अन्तर्वार्ता समेतको कुल अंकको आधारमा नतिजा सार्वजनिक गरिएको महानगर शिक्षा विभाग प्रमुख तथा छनोट समितिका संयोजक सीताराम कोइरालाले जानकारी दिए ।प्रशिक्षक छनोट तथा सिफारिस समितिले बागमती प्रदेश, शिक्षा तालिम केन्द्र, धुलिखेल काभ्रपञ्चोकमा सिफारिस गरेको छ ।

सम्बन्धित समाचार