काठमाडौं । एउटा गायकका लागि अब गाउन सक्दिनँ कि भन्ने अवस्था कस्तो होला ? १० वर्षअघिको बहुचर्चित वेम्बली एरिनाको कन्सर्टको बेला अमृत गुरुङलाई यस्तै भएको थियो ।लोकपप ब्याण्ड नेपथ्यका यी लिड भोकलिस्टभित्र उकुसमुकुस थियो । बीबीसीसँगको हालैको एक अन्तर्वार्तामा उनले वेम्बली एरिनाको कन्सर्टलाई आफूले जीवनकै अन्तिम कन्सर्ट ठानेको बताएका छन् । आफू त्यो समय धेरै पीडा दुःखी रहेको उल्लेख गरेका छन् ।
सन् २००५ मा अमृतको घाँटीमा फ्यारेन्जाइटिस रोग पहिचान भएको थियो । तर संगीतप्रतिको लगाव र निष्ठाले अमृतलाई कहिल्यै झुकाएन । बरु उनी नयाँ जोशसहित स्टेजमा उत्रिए । सन् २०२३ मा उनले क्यानडा, अष्ट्रेलिया र जापानमा भव्य कन्सर्ट गरे । उनको गायकीको जोशमा संगीतप्रेमीले मनोरञ्जन लिए ।नेपथ्य ब्याण्डले अहिलेसम्म १७ देशमा सांगीतिक प्रस्तुति दिइसकेको छ ।