पूर्व डीआईजी तथा मदन पुरस्कार विजेता महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर

17.3k Shares

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी तथा मदन पुरस्कार विजेता महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले पूर्व डीआईजी शाहसहित मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन लेखापाल प्रहरी नायब निरीक्षक (सई) दिपेन्द्रप्रसाद पनेरुलाई पनि दोषी ठहर गरेको हो। 

विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर तथा न्यायाधीशहरु तेज नारायण सिंह राई र रितेन्द्र थापाको पुस ११ गते, बुधबारको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो। दोषी ठहर भए पनि उनीहरुको हकमा सजाय निर्धाणरण गर्न भने बाँकी छ। 

जवानको तलब भत्ता हिनामिनामा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन समादेशक रहका पूर्व डीआईजी शाहसहित तत्कालीन लेखापाल पनेरु, लेखा सहायक हवल्दार केशव सिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जीव विशंखेविरुद्ध २०७६ फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

सम्बन्धित समाचार