15.7k
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री फेरेर भए पनि सरकारको कामलाई गति दिइने बताएका छन् ।
शुक्रबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित पार्टीको सभामा उनले आफूले सरकारको नेतृत्व लिएको दोस्रो वर्षदेखि नयाँ ढंगले काम गर्ने बताए । प्रतिबद्धता पूरा नगरेका मन्त्री फेरिने उनले उल्लेख गरे ।
“आफूले सहमति व्यक्त गरेर प्रतिबद्धता जनाएका कतिपय काम पनि पूरा गरेका छैनन् । त्यस्ता मन्त्रालयको पुनर्गठन, मन्त्री फेरेर भए पनि कामलाई गति दिने प्रतिबद्धता व्यक्त गरेको छु,” उनले भने ।