नवलपरासी । पश्चिम नवलपरासीको परासीमा रहेको सुरक्षा बेस परासीका इन्स्पेक्टर केशव भट्टराईले संगठनको नाम बेच्दै नवलपरासीमा आर्थिक तान्डव मचाएको छन् ।
सीमा नाकाको साथसाथै परासी ग्रामिण क्षेत्रहरूमा समेत निगरानी बढाएको सशस्त्र प्रहरी बल नेपाल संगठनलाई नै बदनाम गराउन सुरक्षा वेस परासीको कार्यालय प्रमुख इन्स्पेक्टर केशव भट्टराईले तस्करहरुसँग पैसा लिने काम गरेको छन् ।
सुरक्षा वेस परासीका कार्यालय प्रमुख इन्स्पेक्टर केशव भट्टराईको मिलेमतोमा भारतसँग सीमा जोडिएका नाकाहरुबाट अबैध तस्करी ओसारपोसार हुने गरेको छ । नवलपरासीको भारत सीमाबाट बिभिन्न समान सशस्त्र प्रहरी कै मिलोमतोमा आउने र नेपालको विभिन्न समान भारततर्फ पनि जाने गरेको पाइएको छ । भारतबाट इलेक्ट्रोनिक सामाग्री, लत्ताकपडा, सवारी साधनका पाटपुर्जा, गाई भैंसी, खसी बोका, खाद्यान्न सामाग्री, खुकुराहरु भित्राउने गरेको पाइन्छ ।
मटर, छोहड, मरिच, इलैची र कबाडीका समान भारततर्फ जाने गरेको पाईन्छ । यस कार्यम बढी मात्रमा सशस्त्र प्रहरी कै मिलोमतोमा भएको छ । सबैभन्दा बढी असुली गर्ने नै सशस्त्र प्रहरीको सरुवा बिओपि र सुरक्षा वेसमा सरुवा हुन्छ । किनकि उनिहरुले आफ्नो प्रमुखलाई सबैभन्दा बढी कमिसन दिने गरेका ले उनीहरुकै सरुवा सिमा क्षेत्रमा हुनुको साथै अरु काम झै टेन्डरबाट हुने गरेको छ । गएको ४ दिन पहिला सुरक्षा वेस परासीका इन्स्पेक्टर केशव भट्टराईले गेरमाको तस्करहरु बाट मासिक रकम ३०००० हजार को दरले ८ जना सग रकम लिएको गेरमा का एक ब्यापारीले जानकारी दिएको छन् ।
सुनवल र भुमहि खोलाबाट मासिक ९०००० हजारको दरले ठेकेदारहरुसँग लिएको कुरा पनि आएको छ । केहि दिन पहिला इन्स्पेक्टर केशव भट्टराईले परासीको शिवकुमारको साईकल पसलबाट आफ्नो छोराको लागि ११ हजार को साईकल एक ब्यापारीबाट मागेको र पछि दिएको फोन रेकर्ड र बिल रहेको छ भने गल्लाबाट पैसा लिएको समेत भिडियो आएको छ ।