पोखरा– पोखरास्थित फेवातालको किनार (लेकसाइड)मा पर्यटकहरुलाई नशालु पदार्थ खुवाउने कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ। पर्यटकलाई नशालु पदार्थ खुवाउने लगायत कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको हो।
केही युवाहरुले पर्यटकलाई नशालु पदार्थ सेवनका लागि दबाब दिने र नमानेमा बाटोमा हिँड्ने पर्यटक तथा मानिसलाई हैरानी गरी आतंकित बनाउने गरेको घटना सार्वजनिक भएपछि प्रहरीले लेकसाइडमा खोजी अभियान चलाएको थियो।
जसक्रममा प्रहरीले पोखरा महानगरपालिका–१६ बस्ने २० वर्षीय डिलन श्रीस मगर, कास्कीको माछापुच्छ्रे–५ का २० वर्षको सन्देश विश्वकर्मा, पोखरा–६ बस्ने ३० वर्षीय सुरेश थापा, पोखरा–६ जरेवर बस्ने २९ वर्षीय महेन्द्र भण्डारी र गोराखको भीमसेन गाउँपालिका–८ बस्ने ३२ वर्षीय सुरेश थापालाई प्रहरीले पक्राउ गरेको हो।
लेकसाइडमा नै नशालु पदार्थ सेवन गरी हो–हल्ला गर्दै हिँडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।