राष्ट्रियसभा निर्वाचन : आज दलको नामावली राजपत्रमा प्रकाशित हुने

19.6k Shares

काठमाडौंं । राष्ट्रियसभा निर्वाचनको कार्यतालिका अनुसार आज स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइने भएको छ । निर्वाचन आयोगमा दर्ता भएर स्वीकृत भएका दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि आयोगले आज पठाउने कार्यसूची छ । 

आयोगले जारी गरेको कार्यसूचीअनुसार पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । 

पुस २० देखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । 

माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म १९ पदका लागि मतदान हुने आयोगले जनाएको छ ।

सम्बन्धित समाचार