एनसेलविरुद्ध अमरेशको रिट न्यायाधीश राउतको इजलासमा

15.3k Shares

काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीको विवादका विषयमा सांसद अमरेशकुमार सिंहको रिट सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासमा परेको छ । 

गत मंसिर २२ मा सांसद सिंहले दायर गरेको रिट मंसिर २४, २५, २६, २७ र पुस २ गते हेर्न नभ्याइनेमा परेको थियो । आइतबार भने सिंहकै कानुन व्यवसायीले स्थगित गरेका थिए । आज राउतको इजलासमा अमरेशको रिट चौथो नम्बरमा छ । आज सिंहको अर्को इजलास नभएकाले पनि रिटमा सुनुवाइ हुने निश्चित भएको हो ।

सम्बन्धित समाचार