कांग्रेस बैठकः राष्ट्रिय सभा उम्मेदवार छान्ने जिम्मा देउवालाई

18.8k Shares

काठमाडौँ – नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको र उम्मेदवार चयन गर्ने जिम्मा सभापति देउवालाई दिएको नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए।

उनले निर्वाचन र दल दर्ताको व्यवस्थापन गर्नका लागि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई तोक्ने निर्णय भएको बताए।यस्तै, कांग्रेस महासमितिको बैठक तेस्रो पटक सरेको छ। आजको बैठकले महासमितिको बैठक आगामी फागुन ७ गतेदेखि १० गतेसम्म सार्ने निर्णय गरेको हो।

सम्बन्धित समाचार