केबीएल सेक्युरिटिजको औपचारिक कारोबार सुरु

18.8k Shares

काठमाडौं । केबीएल लिमिटेडले औपचारिकरूपमा धितोपत्र कारोबार सुरु गरेको छ । सोमबार सेयर ब्रोकर नम्बर ९४ को नामबाट स्टक ब्रोकरको औपचारिक उद्घाटन गरिएको हो ।

कुमारी बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराले कम्पनीको कारोबार उद्घाटन गरेका हुन् ।

कारोबार प्रारम्भ गरेसँगै सेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न केबीएल सेक्युरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले जानकारी दिए ।

केबीएल सेक्युरिटिज लिमिटेड, कुमारी बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्डबाट मान्यता प्राप्त सीमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।

सम्बन्धित समाचार