स्वर्ण पदक विजेता गुरुङलाई देवघाट गाउँपालिकाले गर्‍याे सम्मान

18.3k Shares

काठमाडौँ- काठमाडौंमा सम्पन्न सातौं दक्षिण एसियाली कराते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ।उक्त प्रतियोगितामा स्वर्ण पदक विजेता देवघाट गाउँपालिका- ५ गैडाढुंगा निवासी गुरुङलाई गाउँपालिकाले शुक्रबार नगद रु २५ हजारसहित सम्मान गरेको हो।गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गुरुङलाई रु २५ हजार नगद र प्रमाणपत्र प्रदान गरे।

कराते प्रतियोगितामा स्वर्ण पदक जितेर नेपाल तथा देवघाट गाउँपालिकाको नाम राख्न सफल भएकाले प्रोत्साहनस्वरुप सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए।उनले भने, ‘उहाँले खेलकुदमार्फत पालिकाको नाम राख्न सफल हुनुभएको छ। खेलाडीलाई प्रोत्साहन गर्नका लागि नगदसहित सम्मान गरेका हौं।’सम्मानित भएपछि गुरुङले यसले आफूलाई प्रेरणा मिलेको बताइन्। गुरुङले ४५ केजीमुनिको समूहमा बंगलादेशकी अर्पा सलिहालाई हराउँदै स्वर्ण पदक जितेकी थिइन्।

सम्बन्धित समाचार