मुक्तिनाथ कृषि कम्पनीको आइपिओ चार गुणाले ओभरसब्सक्राइब्ड

16.6k Shares

काठमाडाैँ । मङ्सिर ८ गते देखि खुलेको मुक्तिनाथ कृषि कम्पनीको आइपिओ दोस्रो दिनमै चार गुणाले ओभरसब्सक्राइब्ड भएको छ ।

सिडिएससीको पछिल्लो विवरण अनुसार उक्त आइपिओमा चार लाख १८ हजार २४ जनाले ४६ लाख ३७ हजार ९ सय ३० कित्ताका लागि आवेदन दिएका छन् जबकी कम्पनीले ११ लाख ४८ हजार कित्ताका लागि मात्र आवेदन माग गरेको थियो । मुक्तिनाथ कृषि कम्पनीले धितोपत्र बोर्डबाट प्रति शेयर एक सय रुपैयाँ अङ्कित दरमा १४ लाख कित्ता साधारण निष्कासन गर्न अनुमति पाएको थियो । 

यसमध्ये १० प्रतिशतले हुन आउने एक लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, तीन प्रतिशतले हुन आउने ४२ हजार कित्ता शेयर निष्काशनकर्ता कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि र पाँच प्रतिशतले हुन आउने ७० हजार कित्ता शेयर सामूहिक लगानी कोष योजनाहरुका लागि छुट्ट्याइएको छ । आइपिओ निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी ७० करोड पुग्नेछ जसमध्ये प्रमोटरको हिस्सा ८० प्रतिशत र सर्वसाधारणको हिस्सा २० प्रतिशत रहनेछ ।

सम्बन्धित समाचार