प्रधानमन्त्री प्रचण्ड र कतारका विदेश राज्यमन्त्रीबीच भेट

18.5k Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीबीच भेट भएको छ ।  नेपालको दुई दिने भ्रमणमा बिहीवार काठमाडौं आउनुभएका अल–मुखैरीले शुक्रवार प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्ध बिस्तारबारे छलफल भएको छ ।

भेटका क्रममा रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्च स्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो । 

सम्बन्धित समाचार