भूकम्पपीडितको जीवन रक्षा गर्न एमालेको आग्रह

16.8k Shares

काठमाडौँ । एमालेले पश्चिम नेपालका भूकम्प पीडित नागरिकको जीवनरक्षाका लागि सरकारसँग माग गरेको छ। चिसोमा कठ्याँग्रिएर भूकम्प ज्यान गइरहेको समाचार बाहिर आइरहेका बेला एमाले केन्द्रीय कमिटी बैठकले तत्काल अस्थायी आवास र न्यानो कपडाको व्यवस्था गरी भूकम्प पीडितको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधवार बसेको बैठकले राहत वितरणलाई राजनीतिक प्रचारबाजीको विषय नबनाउन र सबै पीडितलाई पक्षपातरहित ढंगले राहतको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।त्यसैगरी, एमालेले इजरायल–प्यालेस्टाइन दुवै पक्षलाई तत्काल युद्धबिराम गरी बन्धन बनाइएकाहरुलाई अविलम्व रिहा गर्न पनि अपिल गरेको छ।अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गरी शान्तिको पक्षमा उभिन र संयुक्तराष्ट्र संघको प्र्रस्तावअनुसार समस्याको शान्तिपूर्ण समाधानमा गर्न पनि दुवै युद्धरत पक्षलाई पार्टीले आह्वान गरेको पनि पार्टीका प्रचार विभाग प्रमुख गौतमले बताए।

सम्बन्धित समाचार