14k
Shares
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बुधबारको बैठकमा एमालेले मंसिरमा गर्न लागेको मध्यपहाडी सडक केन्द्रित (बैतडीको झुलाघाट देखि पाँचथरको चियोभञ्ज्याङ) अभियानबारे निर्णय गर्नेछ ।
यसका साथै गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको क्षति, राहत तथा उद्धार लगायतका विषयमा पनि छलफल हुने एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।