माओवादीका नेताहरुद्वारा प्रधानमन्त्री राहतकोषमा ५० लाखको चेक हस्तान्तरण

17.1k Shares

काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल लगायतका नेताहरुले प्रधानमन्त्री राहत कोषमा ५० लाखको सहयोग हस्तान्तरण गरेका छन् । 

शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि उपाध्यक्ष भुसाल लगायतका नेताहरुले सो सहयोग गरेका छन् । मंगलबार ५० लाख रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेका हुन् । 

सम्बन्धित समाचार